Like us!
Follow us!
Connect us!
Watch us!

एक दृश्यमा यति धेरै खर्च, त्यति खर्चमा बन्छन् पूरै ५ बलिउड फिल्म

आइतबार, १४ असोज २०७५, १६ : २३ मा प्रकाशित

एक दृश्यमा यति धेरै खर्च, त्यति खर्चमा बन्छन् पूरै ५ बलिउड फिल्म

अर्थ संसार, काठमाडौं–साउथका सुपरस्टार चिरञ्जीवी छिट्टै फिल्म ‘शेरा नरसिम्हा रेड्डी’मा देखिँदैछन् । यो फिल्म सुटिङका बेलादेखि नै आफ्नो बजेटका कारण चर्चामा छ । यो पिरियड ड्रामा फिल्मको एक युद्धको दृश्यको लागि मात्रै ५४ करोड रुपैयाँ खर्च भएको छ । खास कुरा त के भने यो दृश्य मात्रै ८ मिनेटको छ । यो चिरञ्जीवीको १५१ औं फिल्म हो जसलाई उनका छोरा राम चरण तेजाले निर्माण गर्दैछन् ।

आफ्ना पिताको फिल्म हिट बनाउनको लागि राम चरण तेजा जति पनि रकम खर्च गर्न तयार छन् । फिल्मको कूल बजेट करिब २ सय करोड भएको बताइएको छ । यही बजेटमध्ये ५४ करोड मात्रै ८ मिनेटको दृयको लागि खर्च गरिएको हो । फिल्मको टिम अहिले जर्जियामा यही युद्धको दृश्यको सुटिङ गर्दैछ । यो दृश्य फिल्मको क्लाइमेक्स भएको बताइन्छ । फिल्मको सुटिङका लागि १५० जनालाई हैदराबादबाट जर्जिया लगिएको छ । यो दृश्यका लागि भारतबाट लगिएका १५० सहित जर्जियामै स्थानीय कलाकार ६ सय जनालाई पनि लिइएको छ ।

यो फिल्ममा अमिताभ बच्चन पनि अहम भूमिकामा देखिँदैछन् । फिल्ममा अमिताभ र चिरञ्जीवीका साथमा कन्नड सुपरस्टार सुदिप, तमिल सुपरस्टार विजय सेतुपति, तमन्ना भाटिया, नयनतारा र जगपति बाबुजस्ता सुपरस्टार पनि रहनेछन् । फिल्म आन्ध्र प्रदेशका स्वतन्त्रता योद्धा उय्यलावाडा नरसिम्हा रेड्डीको बायोपिक हो । फिल्म २०१९ मा रिलिज हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको