Like us!
Follow us!
Connect us!
Watch us!

स्टक क्लियरेन्स एक्स्पो सोमबार सकिदै, छुट योजनाले थामि नसक्नुको भिड (फोटोफिचर)

आइतबार, १४ असोज २०७५, १८ : १२ मा प्रकाशित

स्टक क्लियरेन्स एक्स्पो सोमबार सकिदै, छुट योजनाले थामि नसक्नुको भिड (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– भृकुटीमण्डपमा संचालन भईरहेको स्टक क्लियरेन्स एक्स्पोमा अवलोकनकर्ताहरुको उल्लेखीय सहभागिता देखिएको छ । नजिकिँदै गरेको दशैंलाई लक्षित गरी दँशैको बेला सस्तो मेला भन्ने नाराका साथ सुरु गरिएको एक्स्पेमा उपभोग्य वस्तुका साथै लत्ता कपडा लगायतका वस्तुको खरिदमा आकर्षक छुट समेत प्रदान गरिएको छ ।

असोज ११ गतेदेखि संचालनमा आएको एक्सोपो चौथो दिनसम्म ४६ हजार बढीले अवलोकन गरेको आयोजकको दाबी छ । मेलामा पहिलो दिनदेखि नै सामान किन्न आउनेहरुको बाक्लो उपस्थिती देखिएको हो । साथै उल्लेखीय रुपमा व्यापार समेत भएको एक्स्पोमा सहभागिहरुको भनाई छ ।

दशैंका लागि सामग्री किन्न कता जाने भन्ने योजना बनाउनेहरुलाई एक्स्पोको आयोजकले एकै स्थानमा सुपथ मूल्यमा सामान उपलब्ध गराउन मेला आयोजना गरेको हो । इभेण्ट सोलुसन प्रालिले आयोजना गरेको एक्सपोको नेपाल चेम्बर अफ कमर्शले प्रवद्र्धन गरेको छ ।

राजधानीका साथै आसपासका उपभोक्तालाई लक्षित गर्दै स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवाका ७२ वटा प्रदर्शनी तथा बिक्री केन्द्र मेलामा राखिएको छ । चाडपर्वका समयमा आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहज हुने विश्वास चेम्बर अफ कमर्शले लिएको छ । दोस्रो संस्करणका रुपमा आयोजना भएको मेला ‘दशैंको बेला सस्तो मेला’भन्ने नारा सहित आयोजना गरिएको हो ।

एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ ।’ प्रधानले भने । नेपाल, भारत तथा बंगलादेश लगायत मुलुकका व्यवसायीहरु मेलामा सहभागि छन् । मेला असोज १५ गतेसम्म चल्ने छ ।

5bb0ccbd13171.jpg 5bb0ccc5ac74d.jpg 5bb0ccd4bc191.jpg 5bb0ccd7ad687.jpg 5bb0cce8ccee5.jpg 5bb0ccea45311.jpg 5bb0ccfac2a41.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको