Like us!
Follow us!
Connect us!
Watch us!

कन्काई विकास बैंकको शेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं, कम्पनी विश्लेषण

सोमबार, १५ असोज २०७५, ०९ : ५२ मा प्रकाशित

कन्काई विकास बैंकको शेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं,  कम्पनी विश्लेषण

२०६४ साल वैशाख २० गतेदेखि कारोबार शुरू गरेको कन्काई विकास बैङ्कले गत आवको चौथो त्रैमाससम्ममा रू. ४ करोड ४५ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैङ्कले ३ करोड ८७ लाख नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैङ्कले रू. १ करोड ४२ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफा बढेको हो । सोही अवधिमा बैङ्कको चुक्तापूँजी २ सय ३३ प्रतिशतले बढेर रू. ५० करोड पुगेको छ । बैङ्कले रिजर्भ कोषमा रू. ९ करोड छुट्याएको छ ।

कन्काई विकास बैङ्क : कम्पनी विश्लेषण (सोमवार, १५ असोज २०७५) यो रकम अघिल्लो आवको तुलनामा ४६ प्रतिशतले वृद्धि भएको हो । साथै, बैङ्कले २०७४\७५ को नाफाबाट ३ प्रतिशत बोनस शेयर र ६ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कको भदौ १९ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैङ्कको अगामी योजना व्यावसायिक आकार विस्तारका लागि शाखा विस्तार, थप अन्य वित्तीय योजनाको विकास, लगानीमा नयाँ आयामको खोजी, लगानीको विविधीकरण गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने तथा ग्राहकलाई अझ गुणस्तरीय सेवासुविधा प्रदान गर्दै जाने रहेको छ ।

बैङ्कको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • असार मसान्तसम्ममा बैङ्कले १ अर्ब ८८ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. १ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तुलनामा निक्षेप १३ प्रतिशत र कर्जा प्रवाह ४० प्रतिशतले वृद्धि भएको हो । बैङ्कको लगानी रू. ३ करोड १३ लाख रहेको छ । यो लगानी अघिल्लो आवमा रू. ४ लाख २६ हजार थियो ।

  • बैङ्कको खुद ब्याज आम्दानी रू. १२ करोड ८४ लाख, कर्मचारी खर्च रू. ३ करोड ९० लाख, अन्य सञ्चालन खर्च रू. ३ करोड ३४ लाख र सञ्चालन नाफा रू. ५ करोड ५८ लाख रहेको छ । अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानी २० प्रतिशत र सञ्चालन नाफा ३ प्रतिशतले वृद्धि भएको हो ।

  • बैङकको स्थिर सम्पत्ति रू. ३ करोड ४० लाख र अन्य सम्पत्ति रू. ४ करोड ३३ लाख रहेको छ । सम्भावित जोखिमबापतको व्यवस्थामा रू. २ करोड ३ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ४४ प्रतिशत रहेको छ । पूँजीकोष लागत ७ दशमलव ९३ प्रतिशत र पूँजीकोष पर्याप्तता २९ दशमलव ६३ प्रतिशत रहेको छ ।

  • चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैङ्कको प्रतिशेयर आम्दानी (वार्षिक) रू. ८ दशमलव ९१, मूल्य आम्दानी अनुपात १५ दशमलव ०३ गुणा, तरलता अनुपात ४० दशमलव ८७ प्रतिशत, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ५ सय ८ दशमलव १७ र प्रतिशेयर नेटवर्थ रू. १ सय १८ दशमलव ०२ रहेको छ । आइतवारको शेयर मूल्य रू. १ सय ३७ कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति

  •  

  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००

 

 

  • खरीद चाप : बैङ्कको आइतवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप साढे ७ गुणा बढी भएको छ । सो अवधिसम्म २ हजार ४ सय ५० कित्ता शेयर खरीद र ३ सय २७ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

निष्कर्ष

बैङ्ककोे ५४ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले बैङ्कले शेयरमूल्य घट्ने बढ्ने कुनै पनि निश्चित सङ्केत देखाउँदैन । यस्तो अवस्थामा बैङ्कको आधारभूत पक्षलाई हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।

आरएसआई न्युट्रल जोन ५९ दशमलव ०२ स्केलमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । त्यस्तै, स्ट्याण्डर्ड डेभिएशन २ दशमलव ९६ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुन्छ । मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । आइतवारको शेयर मूल्य रू. १ सय ३७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ४२ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. १ सय ३३ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको