Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार अब ‘ब्याटल राउण्डमा’

मंगलबार, १६ असोज २०७५, १० : ०० मा प्रकाशित

सेयर बजार अब  ‘ब्याटल राउण्डमा’

नरेन्द्र चुदाली 

२ बर्षदेखि कमजोर लयमा रहेको नेप्सेले देशको राजनिति तथा अर्थनितिका पक्षमा आएका अनुकुलताहरुलाइ समेत  अबसरमा बदल्न नसक्दा निराश भएका लगानीकर्ता पछिल्लो समय बजारमा देखिन थालेको रौनकतासंगै केही आशावादी भएका छन्।

यद्यपी गत साता सोमबार र मंगलबारका कारोबारहरुमा उल्लेखनिय सुधार आइ कारोबार र सुचक दुवैमा बलियो देखिएको बजार गतसाताको विहिबार देखि यो साताको पहिलो कारोबार सम्म आउदा  रातो भयो।

तर टर्नओभरमा  देखिएको सुधारले नेप्सेको भविश्यलाई शुभ संकेत गरेको विश्लेषण गर्न सकिन्छ।  करिब ६ महिनाको लामो अन्तराल पछि एकै दिनमा  अर्ब माथिको कारोबार भएबाट पनि बजार अब बलियो स्थीतीबाट अगाडी बढ्ने अनुमान आम लगानिकर्ताले गरेका छन्।

पछिल्ला कारोबारहरुमा सुचक घटेपनि कारोबार रकममा भएको बृद्धीले बजारमा वियरिश प्रबृत्तिको एकलौटी हमला अन्त्य भएको विश्लेषण गर्न सकिन्छ। केही समय अगाडी औषत २० करोडमा खुम्चीएको बजार अहिले औषत ५० करोड माथी पुगेको छ। बजारको दायराको तुलनामा अहिलेको यो कारोबार रकम  पर्याप्त त होईन तर कारोबार रकममा भएको क्रमिक बृद्धीलाई हेर्दा बजारमा लगानीकर्ताहरु लगानी बढाउने क्रममा रहेको सहजै बुझ्न सकिन्छ।

बजारमा लाभांस घोषणाको सिजन सुरु भएको, तरलतामा सहजता देखिएको,मार्जिन कलको समस्या समाधान हुदै गएको,ब्याजदर घट्ने कुरा,  अनलाइन,बैकंलाइ ब्रोकर लाईसन्स, बजारको आगामि  चक्र बुलिस रहेको लगायतका धेरै कारणले गर्दा यो ब्याटलमा बुल  पक्ष पनि  कमजोर छैन भन्ने अनुमान गर्न सकिन्छ।

विगतका  कारोबारहरुमा आपुर्तीमा ब्यापक दवाब सृजना भई बजार एकतर्फी रुपमा घट्ने गरेपनि पछिल्लो समय बजारमा माग र आपुर्ती पक्षको सन्तुलन देखिन थालेको छ। अल्पकालीन लगानीकर्ताहरुको सकृयता बढ्दा बजार माथी जाने र करेक्सन हुने क्रम बढ्दै गएको त छ तर  पहिले जस्तो लामो समय सम्म एउटै प्रबृत्तिमा बजार गएको छैन र आपुर्ती पक्ष एकलौटी हावी भएको देखिदैन।  

त्यसकारण पनि बजारमा बुलीस र वियरिश पक्षको ब्याटल सुरु भएको अनुमान गर्न सकिन्छ। वियरिश र बुलिस पक्ष अहिले प्रतिस्पर्धात्मक अबस्थाबाट अगाडी बढेका छन्। त्यसैले पनि वियरिश प्रबृत्तिले बजारलाई ठुलो मात्रामा डोमिनेट गर्न सकिरहेको छैन। किनकि अहिले माग पक्ष पनि प्रतिस्पर्धा गर्ने अबस्थामा छ। पछिल्लो एक महिनामा बजार १०० अकं माथी बृद्धी भएको छ।

यस अघि बजार वियरिस प्रबृत्तिसंग  ‘गिभ अप’ नै गरि सुचक संगै कारोबार पनि २० करोड मुनि खुम्चिने स्थीती सम्म पुगेको थियो। बजारमा अहिले चलेको बुल र वियरको यो रोमाञ्चक ब्याटलमा कस्को पल्ला भारि हुन्छ भन्ने अनुमान सहजै गर्न त सकिदैन तर बजारमा लाभांस घोषणाको सिजन सुरु भएको, तरलतामा सहजता देखिएको,मार्जिन कलको समस्या समाधान हुदै गएको,ब्याजदर घट्ने कुरा,  अनलाइन,बैकंलाइ ब्रोकर लाईसन्स, बजारको आगामि  चक्र बुलिस रहेको लगायतका धेरै कारणले गर्दा यो ब्याटलमा बुल  पक्ष पनि  कमजोर छैन भन्ने अनुमान गर्न सकिन्छ।

भने  चाडबाडको सिजन, अल्पकालीन लगानीको प्रबृत्ति लगायतका कारणबाट बजारको पछिल्लो ब्याटलमा वियरिश पक्षलाई पनि सुविधा नहोला भन्न सकिदैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको