Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँको बालाजु क्षेत्रमा विद्युत कटौती

सोमबार, १५ असोज २०७५, १२ : ५६ मा प्रकाशित

काठमाडौँको बालाजु क्षेत्रमा विद्युत कटौती

अर्थ संसार, काठमाडौं– सडक विस्तारमा सहयोग गर्ने लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणले सोमबार बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणको बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार सोमबार बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म करीब सात घण्टा विद्युत् कटौती गर्न लागिएको छ ।

वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म विस्तार भइरहेको सडकका पोल स्थानान्तरण गर्न बालाजु वितरण केन्द्रले सो क्षेत्रमा विद्युत् कटौती गर्न लागेको हो ।

प्रमुख रेग्मीका अनुसार बालाजु–धर्मस्थली र बालाजु–नागार्जुन फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । बालाजु–धर्मस्थली फिडरको आपूर्ति बन्द हुँदा पुरानो गुहेश्वरी , फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर, छत्रेदेउरालीलगायत स्थानकोसमेत विद्युत् अवरुद्ध हुनेछ ।

यस्तै बालाजु–नागार्जुन फिडरको विद्युत् कटौती गरिँदा जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हँुदै एकलटारसम्मको सेवा प्रभावित हुने भएको छ । वनस्थली–बालाजु सडकखण्ड विस्तारको काम भइरहेकाले आलोपालो प्रणालीका आधारमा विद्युत् लाइन काटिएको प्रमुख रेग्मीको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको