Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा १८ अंकले गिरावट, ५३ करोडको कारोबार

सोमबार, १५ असोज २०७५, १५ : १४ मा प्रकाशित

सेयर बजारमा १८ अंकले गिरावट, ५३ करोडको कारोबार

आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– केही अघिदेखि निरन्तर ओरालो लागेको सेयर बजार (आज) सोमबार पनि ओरालो लागेको छ ।

१८.०४ अंकले बजार घट्दा १६५ वटा कम्पनीको १७ लाख ६१ हजार ८१७ कित्ता सेयर खरिदविक्री हुँदा ५३ करोड ९६ लाख ३ हजार ९३५ रुपैयाँको कारोबार भएको छ । कारोबार भएको समूह मध्ये ९ वटा समूह ओरालो लागदा नेप्से इन्डेक्स ११३८.६० विन्दुमा आइपुगेको छ ।

क वर्गको सेयर  मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ अंकले घटेको छ । दोहोरो अंकले घटेको बजारमा उत्पादन समूह २६.८ अंकले घटेको छ ।

यता, बैकिङ १९.८५, होटल १८.२६, जलविद्युत २९.७३, फाइनान्स १.५९, निर्जीवन लाइफ इन्स्योरेन्स ७१.७३, अन्य ६.४, माइक्रोफाइनान्स १८.७२ र लाइफ इन्स्योरेन्स ७८.५६ अंकले घटेको छ ।

आज कारोबार भएको कम्पनीमध्ये सवै भन्दा धेरै नेपाल लद्युवित्त वित्तीय संस्था झण्डै १० प्रतिशतले बढेको छ भने सवै भन्दा कम भार्गव विकास बैंक ९ प्रतिशतले घटेको छ । बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5bb1f0157f927.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको