Like us!
Follow us!
Connect us!
Watch us!

निगमको घाटा अर्ब माथि

मंगलबार, १६ असोज २०७५, ०८ : ०२ मा प्रकाशित

निगमको घाटा अर्ब माथि

अर्थ संसार, काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो ।

भारतीय आयल कर्पोरेशनले आज पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै रु ६४ करोड ५७ लाख घाटा भएको छ ।

उहाँका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको