Like us!
Follow us!
Connect us!
Watch us!

आज बोटलर्स नेपाल (तराई) को वार्षिक साधारणसभा, ४०% नगद लाभांश सहित यस्ता छन् एजेन्डा

मंगलबार, १६ असोज २०७५, ०८ : ४१ मा प्रकाशित

आज बोटलर्स नेपाल (तराई) को वार्षिक साधारणसभा, ४०% नगद लाभांश सहित यस्ता छन् एजेन्डा

अर्थ संसार, काठमाडौं-  बोटलर्स नेपाल (तराई) को साधारण सभा आज  र्याडिसन, लाजिम्पाट काठमाडौंमा बिहान १० बजे सुरु हुँदैछ ।

कम्पनीले ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । नयाँ पीइटी (पेट) लाइन निर्माणका लागि स्टान्डर्ड चार्टर्ड बैंकबाट २ अर्ब ८५ करोड रुपैयाँ टर्म लोन लिने विशेष प्रस्ताव पेश गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २ गतेदेखि मंगलबारसम्म बुक क्लोज गरेको हो । यसकारण बोटलर्स तराईको ४०% नगद लाभांश असोज १ गतेसम्म कायम सेयरधनीले पाउनेछन् ।
 
यस कम्पनीको सेयर पुँजी १२ करोड १० लाख रुपैयाँ छ । बोटलर्स तराईले गत आर्थिक वर्षमा ७१ करोड ५४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको