Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको कार्ड हुनेलाई चन्द्रागिरि केबुलकारको टिकटमा २०% छुट

मंगलबार, १६ असोज २०७५, १६ : ४२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको कार्ड हुनेलाई चन्द्रागिरि केबुलकारको टिकटमा २०% छुट

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक र चन्द्रा गिरिहिल्स लिमिटेड बीच मंगलबार चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रम ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल  र चन्द्रा गिरिहिल्सका महाप्रबन्धक  अभिषेक विक्रमशाहले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौतापश्चातग्लोबल आइएमई बैंक लि. का डेबिट,क्रेडिट, प्रभिलेज कार्ड लिएका ग्राहक महानुभाबहरुले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट केबुलकारको टिकट खरिद गर्दा २०प्रतिशत छुट पाउनुहुनेछ ।

काठमाण्डौको थानकोटमा रहेको पर्यटकिय गन्तब्यको रुपमा रहेको चन्द्रागिरीमा दिन प्रतिदिन बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्लोबल आइएमई बैंक लि. ले आफ्ना ग्राहक महानुभावहरुलाई सहुलियत दिने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर गरेको हो ।

ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्नखाले योजनाहरु ल्याईरहेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउन उद्देश्यले १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलनका उण्टर, १०३ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि\सम्पर्क कार्यालयमाफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि\सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवाप्रदान गर्दै आईरहेको छ ।

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

 

यो पनि पढ्नुहोस्

बोटलर्स नेपाल (तराई) को ३२ औं वार्षिक साधारणसभा : शेयरधनीको हातमा ४०% लाभांश (फोटोभिडियोमा)

तेह्रथुम पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता आइपिओ बिक्री गर्दै

अघि बढ्यो १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना , ठेक्का सम्झौतामा हस्ताक्षर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको