Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला हाइड्रोले १३ लाख कित्ता आइपिओ बिक्री गर्दै, फाइदा हुन लाग्नेछ समय

बुधबार, १७ असोज २०७५, ०५ : ०० मा प्रकाशित

आँखुखोला हाइड्रोले १३ लाख कित्ता आइपिओ बिक्री गर्दै, फाइदा हुन लाग्नेछ समय

अर्थ संसार, काठमाडौं – आँखु खोला जलविद्युत् कम्पनीले साधारण शेयर बिक्री गर्ने भएको छ । यही असोज २३ गतेदेखि साधारण शेयर बिक्री गर्न लागेको यो कम्पनी आफैमा समस्याग्रस्त कम्पनी हो ।

शेयरमा गरेको लगानी फिर्ता गर्न मात्रै करिब दश वर्ष लाग्ने सो कम्पनीको शेयर खरिद गर्दा तत्काल भने कुनै फाइदा हुने अवस्था रहेको छैन । तर पनि कम्पनीले यही असोज २३ गतेदेखि आइपिओ बिक्री गर्न लागेको छ ।

कम्पनीले न्युनतम ५० देखि ६ हजार कित्तासम्म आवेदन दिन पाउने गरी छिटोमा असोज २६ र ढिलोमा कात्तिक ६ गतेसम्मका लागि आईपीओ जारी गर्ने भएको छ ।

प्रति साधारण शेयरको एक सय रुपैयाँ दरका १२ लाख कित्ता र यस अघि अघि २०७५ गत असोज ४ मा स्थानीय वासिन्दालाई बाँडफाँड गरेर बिक्री बाँकी रहेको १ लाख ७६ हजार २० कित्तासमेत गरेर यो जलविद्युत् कम्पनीले १३ लाख ७६ हजार २० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

आयोजना ८.४ मेगावाट क्षमताको को हो । यो आयोजनाको अधिकृत पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यसको जारी पूँजी ८० करोड छ । यसको हाल चुक्ता पुँजी ६० करोड छ ।

स्थानीयबासीलाई शेयर जारी गरेपछि यसको पुँजी ६८ करोड र सर्वसाधारणका लागि जारी गरेपछि भने ८० करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने कम्पनीले जनाएको छ ।

शेयर आवेदनका  आश्वाको सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट दिन सकिने छ । यो जलविद्युत् आयोजनाको धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस्

बोटलर्स नेपाल (तराई) को ३२ औं वार्षिक साधारणसभा : शेयरधनीको हातमा ४०% लाभांश (फोटोभिडियोमा)

तेह्रथुम पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता आइपिओ बिक्री गर्दै

अघि बढ्यो १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना , ठेक्का सम्झौतामा हस्ताक्षर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको