Like us!
Follow us!
Connect us!
Watch us!

बानेश्वरको संगम स्वीट्समा शिलबन्दी

मंगलबार, १६ असोज २०७५, १६ : ५९ मा प्रकाशित

बानेश्वरको संगम स्वीट्समा शिलबन्दी

अर्थ संसार, काठमाडौं– सरकारी अनुगमन टोलीले बानेश्वरमा रहेको संगम स्विट्समा शिलबन्दी गरेको छ। अनुगमनका क्रममा अखाद्य पदार्थ र न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि उक्त मिठाइ पसलमा शिलबन्दी गरिएको हो।

जिल्ला प्रशासन काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य अनुसनधान अधिकृत ईश्वर सुवेदीको नेतृत्वमा गएको टोलीले अनुगमन गर्दा मिठाइमा अखाद्य पदार्थ भेटिएको गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए।

उनका अनुसार उत्पादन कारखानामा समेत शिलबन्दी गरिएको छ। अनुगमनका क्रममा कपडा चम्काउन प्रयोग हुने ‘हाइड्रो ए वान’ केमिकल  खानेकुरामा भेटिएको छ। उक्त केमिकल खानेकुरामा प्रतिवन्धित छ। मिठाइलाई चमक दिने उक्त केमिकल स्वास्थ्यका लागि निकै हानिकारक रहेको विभागका प्राविधिक सहायक नवराज आचार्यले बताए ।

त्यस्तै मिठाइमै ८ वर्ष पुरानो कोकोनट पाउडर समेत प्रयोग भएको अनुगमनका क्रममा भेटिएको छ । उक्त पाउडर उत्पादन भएको मितिले ४ महिनासम्म प्रयोग गर्न उपयुक्त हुने भए पनि सन २०११ मा बनेको पाउडर अहिलेसम्म पनि प्रयोग गरेको पाइएपछि नष्ट गरी उत्पादनमा प्रतिवन्ध लगाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको