Like us!
Follow us!
Connect us!
Watch us!

३८ मेगावाटको अपर आँखुखोला जलविद्युत आयोजनाको पिपिए , ८ अर्बको लागतमा २०२२ सम्म निर्माण गर्ने

मंगलबार, १६ असोज २०७५, १७ : २१ मा प्रकाशित

३८ मेगावाटको अपर आँखुखोला जलविद्युत आयोजनाको पिपिए , ८ अर्बको लागतमा २०२२ सम्म निर्माण गर्ने

अपर आँखुखोला जलविद्युत परियोजना निर्माण गर्ने सम्बन्धमा नेपाल विद्युतप्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ्ग आँखुखोला हाइड्रो प्रा.लि. बीच मंगलबार विद्युत व्यापार सम्झौता (पि.पि.ए) सम्पन्न भएको छ ।

३८ मेगावाट क्षमताको उक्त आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ । उक्त योजनाको लागत करिब ८ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

सम्झौतामा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्ग र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले हस्ताक्षर गर्नुभयो । सम्झौताका अवसरमा कम्पनीका संचालकहरु सम्झना अर्याल र अभिमत सुमार्गी पनि सहभागी हुनुहुन्थ्यो ।

यो पनि पढ्नुहोस्

बोटलर्स नेपाल (तराई) को ३२ औं वार्षिक साधारणसभा : शेयरधनीको हातमा ४०% लाभांश (फोटोभिडियोमा)

तेह्रथुम पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता आइपिओ बिक्री गर्दै

अघि बढ्यो १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना , ठेक्का सम्झौतामा हस्ताक्षर

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको