Like us!
Follow us!
Connect us!
Watch us!

मिठाइमा नीरको प्रयोग

मंगलबार, १६ असोज २०७५, १८ : ११ मा प्रकाशित

मिठाइमा नीरको प्रयोग

अर्थ संसार, काठमाडौँ– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु ९नीर० भएको प्रमाणित भएको छ ।

स्थानीय बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्विट्स एण्ड स्न्याक्स प्रालिको मिलन चोक गोदाममा उक्त पाउडर फेला परेको हो । मिठाइमा हाइड्रो–१ नामको अखाद्य वस्तु मिसावट भएको फेला परेका कारण शर्मालाई खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार कानूनी कारवाही गरिने खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिनुभयो ।

खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको प्रमाण फेला परेमा सो ऐन र नियमावलीमा कम्तीमा पाँच वर्ष कैद वा रु पचास हजार जरिवाना वा दुवै सजायको व्यवस्था छ । खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले खाद्य अनुसन्धान अधिकृत सुवेदीको नेतृत्वमा अनुगमन गर्न गएको समूहले आज सो गोदाम बन्द गरेको छ ।

अनुगमनमा उपभोक्ता अधिकारकर्मी, जिल्ला प्रशासन कार्यालय र पत्रकारको पनि सहभागिता थियो ।
त्यसैगरी शर्माको बानेश्वरस्थित पसलमा भेटिएको अखाद्य पाँच लिटर घिउ नष्ट गरिएको छ । घिउमा पोल्यारिटीको मात्र ३९ रहेकाले नष्ट गरिएको हो । स्वस्थ्य घिउमा पोल्यारिटीको मात्र अधिकतम २५ हुनुपर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको