Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा सामान्य सुधार

मंगलबार, १६ असोज २०७५, १८ : १८ मा प्रकाशित

शेयर बजारमा सामान्य सुधार

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव ६९ बिन्दुले बढेर एक हजार २४१ दशमलव ३६ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ६५ बिन्दुले बढेर २६३ दशमलव ४५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने गिरावट आएको छ । कूल १७१ कम्पनीको १५ लाख ९३ हजार ७०० कित्ता शेयर रु ४५ करोड १९ लाख ९३ हजार ४८५ मूल्यमा खरीद बिक्री भएको स्टकले जनाएको छ ।

कूल एघार उपसमूहमध्ये आज छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ एक दशमलव ६३, व्यापार एक दशमलव ६९, निर्जीवन बीमा १२ दशमलव १५, अन्य ७ दशमलव ७७, माइक्रोफाइनान्स तीन दशमलव शुन्य आठ र जीवन बीमा १४ दशमलव ६२ बिन्दुले बढेको छ ।

यस्तै होटल शुन्य दशमलव २९, विकास बैंक शुन्य दशमलव ४४, जलविद्युत् दुई दशमलव ९१, फाइनान्स एक दशमलव शुन्य एक र उत्पादन पाँच दशमलव ६८ बिन्दुले घटेको छ । नाडेप लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले क्रमशः नौ प्रतिशत र पाँच प्रतिशतका दरले कमाएका छन् भने भार्गव विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शेयरधनीले क्रमशः नौ र चार प्रतिशतका दरले गुमाएका छन् ।

यस्तै आज स्टकमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । जानकी फाइनान्स लिमिटेडको शेयर मूल्यमा समायोजन गरिएको छ । सो कम्पनीको २२ प्रतिशत बोनस शेयर समायोजन गरेपछि आधारभूत मूल्य रु २०७ तोकिएको छ ।

यो पनि पढ्नुहोस्

बोटलर्स नेपाल (तराई) को ३२ औं वार्षिक साधारणसभा : शेयरधनीको हातमा ४०% लाभांश (फोटोभिडियोमा)

अघि बढ्यो १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना , ठेक्का सम्झौतामा हस्ताक्षर

तेह्रथुम पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता आइपिओ बिक्री गर्दै

३८ मेगावाटको अपर आँखुखोला जलविद्युत आयोजनाको पिपिए , ८ अर्बको लागतमा २०२२ सम्म निर्माण गर्ने

सन नेपाल लाइफमा इन्स्योरेन्स गर्नुहोस्,यी १८ रोग लागेपनि ढुक्का हुनुहोस् 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको