Like us!
Follow us!
Connect us!
Watch us!

माउण्टेन इनर्जीले ३९ करोड ३६ लाखको आइपिओ बिक्री गर्ने

बुधबार, १७ असोज २०७५, १२ : ५१ मा प्रकाशित

माउण्टेन इनर्जीले ३९ करोड ३६ लाखको आइपिओ बिक्री गर्ने

अर्थ संसार, काठमाडौं– पछिल्ला दिनमा विभिन्न जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्ने घोषणा गरिरहँदा त्यसमा माउण्टेन इनर्जी नेपाल पनि थपिएको छ ।

सो कम्पनीले  ३९ करोड ३६ लाख बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।साधारण शेयर बिक्रीका लागि कम्पनी र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र सिबिआइएल क्यापिटल लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत सविरबादे श्रेष्ठ र सिबिआइएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत समिरप्रसाद दाहालले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

अब केवलकारले समेत शेयर दिने, बन्दीपुरवासीका लागि खुल्यो शेयर

मोफसलमा फैलदै पूँजीबजार, विराटनगरमा हुने भयो धितोपत्र बजार प्रदर्शनी

विश्व ट्रेड युनियन आन्दोलन र श्रमिकका सवाल 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको