Like us!
Follow us!
Connect us!
Watch us!

टिपर सञ्चालन गर्ने समय परिवर्तन

विहीबार, १८ असोज २०७५, ०८ : २९ मा प्रकाशित

टिपर सञ्चालन गर्ने समय परिवर्तन

अर्थ संसार, काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन गरेको छ ।

जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

यसअघि साँझ ८ देखि बिहान ५ बजेसम्ममात्र काठमाडौँ उपत्यकामा टिपर सञ्चालन हुँदै आएको थियो । जिल्ला प्रशासन कार्यालयले गत साउन १ गते उपत्यकामा टिपर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र टिपर सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको