Like us!
Follow us!
Connect us!
Watch us!

च्याम्पियन्स लिग : मेस्सीको अगाडि टोटेनह्यामको केही चलेन

विहीबार, १८ असोज २०७५, ०८ : ५२ मा प्रकाशित

लन्डन (एजेन्सी) – टोटेनह्याम हटस्परको घरेलु मैदानमा भएको च्याम्पियन्स लिग समूह चरणको खेलमा बार्सिलोनाले ४-२ को जित निकालेको छ। बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे।

भ्रमणकारी बार्सिलोनाले खेलको दोस्रो मिनेटमा फिलिप कौटिन्होको गोलमा अग्रता लियो। २८ औं मिनेटमा इभान राकिटिकले उत्कृष्ट गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २-० को अग्रता दिलाए।

दोस्रो हाफमा ह्यारी केनले ५२ औं मिनेटमा घरेलु टोलीका लागि गोल गर्दै अन्तर कम गरेपनि लियोनल मेस्सीले ५६ औं मिनेटमा बार्सिलोनालाई ३-१ को अग्रतामा पुर्याए।

रोमाञ्चक खेलमा स्पर्सका लागि एरिक लामेलाले ६६ औं मिनेटमा गोल गर्दै स्पर्सलाई खेलमा फर्काउने प्रयास गरे। खेलको अन्तिम मिनेटमा मेस्सीले पुनः गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।समुहकै अर्को खेलमा इन्टर मिलानले पिएसभीलाई २-१ ले पराजित गर्यो।

5bb585c83cc01.jpg 5bb585ca588df.jpg 5bb585cc476f1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको