Like us!
Follow us!
Connect us!
Watch us!

पैँयूमा कर शिविर

विहीबार, १८ असोज २०७५, ०९ : १० मा प्रकाशित

पैँयूमा कर शिविर

अर्थ संसार,कुश्मा– पर्वत जिल्लाको पैँयू गाउँपालिकामा सञ्चालित एक दिने कर शिविरमा ४३५ जनाले सेवा लिएका छन् ।

पर्वत उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आयोजित सो शिविरमा राजश्व सङ्कलन, नयाँ उद्योग दर्ता र नविकरण गरिएको थियो ।

उक्त शिविरमा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र कोष तथा लेखा नियन्त्रण कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराइएको थियो । त्यसअवसरमा उक्त सङ्घका सदस्यको नविकरण र नयाँ सदस्यतासमेत दिलाइएको थियो ।

शिविरमा ३६९ ले कर तिरेका ३२ ले व्यवसाय दर्ता गरेका, १३ ले नयाँ उद्योग दर्ता गरेका, १९ले व्यवसाय नविकरण गरेका र दुई जनाले प्रतिलिपी लिएका थिए । उद्योग दर्ताबाट मात्रै झण्डै रु दुई लाख राजश्व सङ्कलन भएको थियो ।

उक्त गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारी प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कर अधिकृत केशव उप्रेती र सङ्घका जिल्ला अध्यक्ष केदारनाथ शर्मालगायतले शिविरको प्रभावकारिताबारे चर्चा गर्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको