मङ्गलबार, ३० असोज २०७५, २३ : ०३
डलरको भाउ हालसम्मकै उच्च
बिहिबार, १८ असोज २०७५

अर्थ संसार, काठमाडौँ–अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । यसले नेपाली रुपैयाँ अझ सस्तो बनेको छ । अमेरिकाको आर्थिक वृद्धि उच्च हुँदा डलरको भाउ निरन्तर बढिरहेको हो ।

६ महिनामा डलरको भाउ १५ रुपैयाँ बढेको हो । नेपाली रुपैयाँ कमजोर बन्दा नेपालमा त्यसको मिश्रित प्रभाव पर्ने गर्दछ । जसका कारण रेमिट्यान्स प्राप्त गर्ने परिवार र निर्यात गर्नेहरुका लागि उल्लेख्य फाइदा हुने भए पनि आयात व्यापारमा संलग्न निकाय र डलरका पीपीए भएका जलविद्युत् आयोजनामा असर पर्छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विनिमय दर प्रतिडलर ११७ रुपैयाँ ६५ पैसा तोकेको छ । बुधबार यो मूल्य ११६ रुपैयाँ ९६ पैसा थियो । आजको राजधानी दैनिकमा शिव दुवाडीले खबर लेखेका छन् ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved