Like us!
Follow us!
Connect us!
Watch us!

बर्दियामा पाटे बाघ मरेपछि उच्च शर्तकर्ता

विहीबार, १८ असोज २०७५, ११ : ३२ मा प्रकाशित

बर्दियामा पाटे बाघ मरेपछि उच्च शर्तकर्ता

अर्थ संसार, काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्जमा आज दिउँसो एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको निकुञ्ज क्षेत्रभित्र पर्ने चिसापानी पोष्ट नजिक पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिनुभयो ।

निकुञ्जभित्र महेन्द्र राजमार्ग किनारमा सिनोको गन्ध आएपछि खोजी गर्दै जाँदा राजमार्गदेखि झण्डै ७ सय मिटरभित्र भाले पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत दाहालले बताउनुभयो ।

अन्दाजी १७ वर्षको उक्त बाघको शव परीक्षण गर्दा बुढो भएर कालगतिले मरेको बताइएको छ । बाघको शरीर पूर्णरुपमा सडिसकेकाले एकहप्ता अघि नै मरेको हुनसक्ने निुकञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा वयस्क पाटेबाघ रहेको तथ्याङ्क छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको