Like us!
Follow us!
Connect us!
Watch us!

पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपिओ विक्री गर्ने

शुक्रबार, १९ असोज २०७५, ११ : ३२ मा प्रकाशित

पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपिओ विक्री गर्ने


अर्थ संसार, काठमाडौँ –  नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आसाधारण सेयर बिक्री गर्ने भएको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले क्रेडिट रेटिङ गर्न लागेको कम्पनलिे जनाएको छ । रेटिङको काम सकेर यस वर्षभित्र साधारण शेयर बिक्री गर्न लागिएको कम्पनलिे जनाएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्नका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले नियुत्त गरिसकेको छ ।

पुनर्बीमामा सरकारको ४३.५५ प्रतिशत स्वामित्व रहेको छ । गत साउनमा सरकारले २ अर्ब ७५ करोड १७ लाख रुपैयाँ लगानी गरिसकेको छ । यस्तै बीमा कम्पनीहरुले १ अर्ब २६ करोड रुपैयाँ भुत्तानी गरिसकेका छन् ।

बाँकी  रहेको १ अर्ब ६० करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गरेर जुटाउने तयारी गरिएको हो ।

कम्पनीको पुँजी १० अर्ब रुपैयाँ रहेको छ । पुनर्बीमामा सर्वसाधारणको १६ प्रतिशत स्वामित्व रहेने गरी संरचना तयार पारिएको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँ नाफा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको