Like us!
Follow us!
Connect us!
Watch us!

बागदरबार नभत्काउन सर्वोच्चको आदेश, अब के गर्लान् विद्यासुन्दरले

विहीबार, १८ असोज २०७५, ११ : ३८ मा प्रकाशित

बागदरबार नभत्काउन सर्वोच्चको आदेश, अब के गर्लान् विद्यासुन्दरले

अर्थ संसार, काठमाडौँ – सर्वोच्च अदातले ऐतिहासिक बागदरबार भत्काउने निर्णय  तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ऐतिहासिक बागदरबार भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई दरबारको मौलिकतामा परिर्वतन नहुने गरी  पुनः निर्माण गर्न भने तापनि महानगरपालिकाले भत्काउने तयारी गरको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्वोच्च अदाललते मौलिकता परिर्वतन नहुने गरी पुनः निर्माण गर्नुेपर्ने भएकाले हुँदा तत्काल सो दरबार नभत्काउन र मुद्दाको अन्तिम किनारका नलाग्दासम्म संरक्षण गर्न आदेशमा भनेको छ । साथै, आदेश लिच्छवीकालीन, मल्लकालीन, राणाकालीन शाहकालीन सबै दरबार जोगाउन भनेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको