Like us!
Follow us!
Connect us!
Watch us!

अन्ततः झुक्यो स्थानीय सरकार, करवृद्धि निर्णय फिर्ता

विहीबार, १८ असोज २०७५, १२ : ३२ मा प्रकाशित

अन्ततः झुक्यो स्थानीय सरकार, करवृद्धि निर्णय फिर्ता

अर्थ संसार, काठमाडौँ – मिर्चैया नगरपालिकाले कर वृद्धि गरेको विरोधमा विगत एक महीनादेखि जारी आन्दोलन फिर्ता भएको छ ।

 नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त सङ्घर्ष समितिबीच बुधबार साँझ दुई बुँदे सहमतिपश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएको हो ।

 आन्दोलनरत पक्षका सम्पूर्ण मागमा नगरपालिकाले छलफल गरी कर, राजश्व, शुल्क तथा दस्तुरको सम्बन्धमा संशोधित विषयवस्तुको कार्यान्वयन गराउन नगरसभाबाट अनुमोदन गराई मङ्सिर ५ गतेभित्र कार्यान्वयन गरिने सहमति भएको वार्ता समितिका संयोजक अशोककुमार साहले जानकारी दिनुभयो ।

 सहमतिपत्रमा नगरपालिकाका प्रमुख श्रवणकुमार यादव र आन्दोलनरतका तर्फबाट वार्ता समिति संयोजक साहले हस्ताक्षर गर्नुभएको छ । गत साउन २९ गते कर वृद्धि फिर्तालगायत विभिन्न आठ बुँदे माग राख्दै आन्दोलन हुँदै आएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको