Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वपश्चिम राजमार्गलाई बीस अर्ब ७० करोड ऋण

विहीबार, १८ असोज २०७५, २० : ३१ मा प्रकाशित

पूर्वपश्चिम राजमार्गलाई बीस अर्ब ७० करोड ऋण

अर्थ संसार, काठमाडौँ– एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब रु २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ ।

बैंक सञ्चालक समितिको मनिलामा सम्पन्न आजको बैठकले उक्त बाटो मर्मतसम्भारका लागि सो रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको हो ।

नेपालको आन्तरिक तथा बाह्य व्यापारको प्रमुख मार्गका रुपमा रहेको उक्त बाटो सुधारपछि नेपालको यातायात पद्धति सुदृढ हुनाका साथै राष्ट्रिय तथा क्षेत्रीय सम्पर्क विस्तारमा योगदान पुग्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ ।

बैंकको प्रधान कार्यालयले आज एक वक्तव्य जारी गरेर उक्त बाटोको स्तरोन्नतिपछि नेपालको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने र सडक सुरक्षामा पनि सुधार आउने अपेक्षा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको