Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम बन्दै तराईमा रेलमार्ग, यसै वर्षको पुससम्म चलाउने तयारी

शुक्रबार, १९ असोज २०७५, १२ : ०५ मा प्रकाशित

धमाधम  बन्दै तराईमा रेलमार्ग, यसै वर्षको पुससम्म चलाउने तयारी

अर्थ संसार, काठमाडौं–  नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले जनकपुर–जयनगर रेलमार्ग निर्माण कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको छ ।

रेलमार्गको निरीक्षणपछि भारतीय राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय राजदूतसहित भारतीय विदेश मन्त्रालयका अधिकारीको टोलीले आज जनकपुरदेखि वैदेही स्टेशनसम्म (करीब १० किलोमिटर) निर्माण कार्यको निरीक्षण गर्नुभयो ।

निरीक्षणका क्रममा भारतीय राजदूत पुरीले रेलमार्गको निर्माणको बाँकी कार्य, भवन निर्माण, रंगरोगनको कार्य दु्रतगतिमा सम्पन्न गर्न आग्रह गर्नुभएको रेल विभागका इञ्जिनियर विनोद ओझाले जानकारी दिनुभयो ।

 रेल विभागले सन् २०१८ भित्र रेल सञ्चालनको लक्ष्य राखेको छ । रेलमार्गको निर्माण कार्य भारतीय इर्कन कम्पनीले गरिरहेको छ । पहिलो चरणमा जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म रेल सञ्चालनको तयारी रहेको छ । चौँतीस किलोमिटरको जनकपुर–कुर्था खण्डमा १७ किलोमिटरसम्म सफल रेल परीक्षण भइसकेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको