Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया बैंकले अष्ट्रेलियन डलर बिक्री गर्न थाल्यो

शनिबार, २० असोज २०७५, ०८ : १५ मा प्रकाशित

एनआइसी एशिया बैंकले अष्ट्रेलियन डलर बिक्री गर्न थाल्यो

अर्थ संसार, काठमाडौं- एनआइसी एशिया बैंकले अष्ट्रेलियन डलर बिक्री गर्न थालेको छ। उपत्यकामा रहेको बैंकका सबै शाखाबाट अष्ट्रेलियन डलर किन्न सकिने बैंकले जनाएको छ।

अध्ययनका लागि अष्ट्रेलिया जाने युवा युवतीले सजिलोसँग अष्ट्रेलियन डलर पाउन कठिन थियो। त्यही अभाव देखेर बैंकले अष्ट्रेलियन डलर बिक्री गर्न थालेको हो।बैंकसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी मुद्राको नगद संञ्चित यथेष्ठ रहेको र प्रचलित विनिमय दर बमोजिम दिने विज्ञप्तिमा उल्लेख छ।
 
बैंकले बिदा मनाउन, अध्ययन गर्न र अन्य विभिन्न सिलसिलामा विदेश जाने नेपालीहरूका लागि सम्बन्धित देशको मुद्रा बिक्री गर्दै आएको छ। अध्ययन तथा भ्रमण लगायतका अन्य कामका लागि विदेश जाने ग्राहकहरूले विदेशी मुद्रा खरिदका लागि आफ्नो म्याद नसकिएको भिसा र प्लेन टिकट साथमै लिएर आउन बैंकले आग्रह गरेको छ।

डलर पाइने शाखाहरु

बैंकका अनुसार यसरी प्रक्रिया पुर्याएर आउने ग्राहकले भिसा यूएसडी प्रिपेड कार्डसमेत खरीद गर्न सकिनेछ।बैंकले त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक,बत्तीसपुतली, कीर्तिपुर, सातदोेबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट, गोल्फुटार, गोठाटार, मनमैजु, सितापाइला, टोखा, भैंसेपाटी, थली, दुवाकोट, बालकोट, पुरानो ठिमी, सतुंगल, कोटेश्वर, चाबहिल र साहेखुट्टेबाट दिने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको