Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन बैंकको ५३.६८ प्रतिशत लाभांश पारित

विहीबार, २१ पुस २०७३, १० : ३९ मा प्रकाशित

स्वावलम्बन बैंकको ५३.६८ प्रतिशत लाभांश पारित

 
अर्थ संसार
काठमाडौं–स्वावलम्बन लघुवित्त विकास बैंकको १५ औं वार्षिक साधारण्सभाले सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर र १९.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

बैंकले आर्थिक वर्ष २०७२÷७३ मा ३२ करोड ३२ लाखरुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साधारणसभाले बैंकको अधिकृत पूँजी ५० करोडलाई बृद्धि गरी १ अर्ब पुर्याउने विशेष प्रस्तावसमेत पारित गरेको छ ।
 
बैंकले मंसिर मसान्तसम्म ४९ जिल्लाका १२३ कार्यालयबाट २ लाख ९ हजार ७ सय ४७ महिला सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको जनाएको छ । त्यस अवधिमा बैंकको लगानीमा रहिरहेको कर्जा रकम ६ अर्व ९९ करोड ३ लाख छ । बैंकको वचत ३ अर्व ४२ करोड ९८ लाख छ । साधारण सभाले जारी तथा चुक्ता पूँजी ४१ करोड ८५ लाख ८९ हजार कायम गर्ने निर्णय समेत गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको