Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलाई सिएमसीले दियो धोका, दशैंमा आउँदैन मेलम्चीको पानी

आइतबार, २१ असोज २०७५, १४ : ३४ मा प्रकाशित

सरकारलाई सिएमसीले दियो धोका, दशैंमा आउँदैन मेलम्चीको पानी


अर्थ संसार, काठमाडौं–  सरकारले अघिल्लो दशैंमा नै मेल्म्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । दशैको म्याद सारेर असार मसान्त पुर्यायो । गत असारमा पनि मेलम्चीको पानी काठमाडौँ आएन । ठेकेदार कम्पनी सरकार भन्दा ठूलो देखियो । उसले अनेकन निहुँ खोज्यो ।

गत फागुनमा वर्तमान सरकार गठन भयो । सरकार गठन भएपछि खानेपानी मन्त्रीको जिम्मेवारीमा आइन बिना मगर ।  उनले  मन्त्री पद सम्हालेपछि मेलम्ची नै पुगेर घोषणा गरिन, आगामी दशैमा मेलम्चीको पानी काठमाडौँको धारामा आउँछ ।

तर उनको घोषणा केवल घोषणाका लागि मात्रै थियो भन्ने अहिले आएर पुष्टि भएको छ ।ठेकेदार कम्पनी सिएमसीका कारण सरकारको घोषणा केवल घोषणमा सिमित भएको छ । पछिल्लो पटक २ महिना भन्दा बढी समय ठेकेदार सिएमसीले काम नगर्दा आयोजना पर धकेलिएको छ ।

 डिस्प्यूट बोर्डबाट ठेकदारले आयोजनाको म्याद आगामी पुस १९ सम्म लम्ब्याएको छ । अझै पनि आयोजनाको कूल २७ किलोमिटर सुरुङ मध्ये करिब १८ किलोमिटर सुरुङ मात्रै मर्मत भएको छ ।

दशै अगाडि बाँकी रहेको ९ किलोमिटर सुरुङ मर्मत मध्ये बढीमा २ किलोमिटर सुरुङ मात्रै मर्मत हुने अवस्था रहेको छ । सुरुङ मर्मत मात्रै होइन, सुरुङमा पानी पठाउने बाँधको काम समेत बाँकी रहेको छ । पटक पटक काठमाडौंमा पानी ल्याउने अवधि सर्दै गएको छ । दशैंमा काठमाडौंमा पानी आउने घोषणा त अब पूरा नहुने भएको छ ।

तर ठेकेदारको काम गराईको तरिका हेर्ने हो भने मेलम्चीको पानी काठमडाौ. आउन अझै माघसम्म पुग्ने संकेत देखा परेको छ ।सुरुङको मर्मत मात्रै गरेर पुग्थ्दैन, त्यसलाई सफा समेत गर्नुपर्ने हुन्छ । मर्मतको काम जारी भएका कारण सफा गर्न समेत केही समय लाग्छ ।

यस्तै हावा फाल्ने भेन्टिलेटरको काम समेत अगाडि बढेको छैन । यस्तै पानी रोक्ने, तथा पठाउने महत्वपूर्ण गेट भारतमा नै रहेको छ । त्यस्तै चीनबाट आयात गर्नुपर्ने केही सामान चीनबाट केही दिन पहिले मात्रै हिडेको छ । सो सामान आइपुग्न कम्तीमा पनि २ महिना लाग्छ ।

 यस्तै ठेकेदारले अझै पनि पैसा नपाएको भन्दै गुनासो गर्दै आएको छ ।ठेकेदारले काम गर्ने भन्दा पनि कसरी पैसा उठाउने भन्नेमा मात्रै केन्द्रित भएको जानकारहरुको भनाइ छ । यसले थप रकम निकाशा गरिदिन मन्त्रालयलाई आग्रह गर्दै आएको छ । तर मन्त्रालय भने कामको आधारमा मात्रै भुक्तानी हुने भएकाले उसको माग बमोजिम भुक्तानी दिन नसकिने बताउँदै आएको छ ।

पटक पटक पानी आउने म्याद सर्दै गएको आयोजनालाई ल्म्ब्याउने योजनामा अझै पनि ठेकेदार लागेको छ । तर खानेपानी मन्त्रालय भने के गर्ने भन्नेमा अझै निष्कर्षमा पुग्न सकेको छैन ।

ठेकेदारलाई कारवाही गरेर नयाँ ठेकेदार खोज्न समेत मन्त्रालय नसक्ने अवस्थामा रहेको छ । ठेकेदार मन्त्रालयको सोही कमजोरी बुझेका कारण अझै आयोजना लम्ब्याउने र थप रकम झार्ने योजनामा लागेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको कूल भौतिक प्रगति भने ८६ प्रतिशत रहेको छ । खानेपानी मन्त्री मगरले ठेकेदारको लापरवाहीका कारण दशैंमा पानी ल्याउने घोषणा पूरा नसकेकोमा काठमाडौंबासीसँग माफी मागेको बताउछिन् ।  तर मेलम्ची खानेपानी आयोजनामा पटक पटक समस्या पार्ने इटालियन कम्पनी सिएमसीले नै तनहुँ सेती जलविद्युत् आयोजनाको ठेक्का समेत पाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको