Like us!
Follow us!
Connect us!
Watch us!

दशैं मोबाइल मेलामा ६० प्रतिशत छुट (अर्थ संसार कभरेज)

आइतबार, २१ असोज २०७५, १५ : ५६ मा प्रकाशित

दशैं मोबाइल मेलामा ६० प्रतिशत छुट (अर्थ संसार कभरेज)

अर्थ संसार, काठमाडौं– नेपालीहरुको महान चाड वडादशैंलाई लक्षित गरी काठमाडौंको मुख्य व्यापारिक केन्द्र पाको न्यूरोडमा अवस्थितत ताम्राकार कम्प्लेक्समा दशैं मेला हुने भएको छ ।

यही असोज २३ गतेदेखि हुने मोबाइल मेलामा असोज ३१ गते सम्म हुनेछ । कम्प्लेक्सभिका मोबाइल पसलहरुमा मोबाइल खरिद विक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट हुने मोवाइल  व्यापार संघका अध्यक्ष जगत साउदले अर्थ संसारलाई बताउनुभयो ।

‘हामी सामाजिक उत्तरदायित्व अन्तरर्गत सामाजिक सेवामा समेत अगाडि बढिरहेका छौं’ अध्यक्ष साउदले भन्नुभयो– ‘यस मेलमा अवधिभर ताम्राकार कम्प्लेक्सबाट विक्री हुने प्रत्येक मोबाइलबाट २० रुपैयाँ संकलन गरेर कालिकोट जिल्लाको रास्कोट सामूदायीक अस्पतालाई निर्माणको लागि सहयोग गर्नेछौँ ।’मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा हुन लागेको हो ।
 

5bb9e1395b86e.jpg 5bb9e13ae29aa.jpg 5bb9e1545366e.jpg 5bb9e157a5019.jpg 5bb9e16d2c90b.jpg 5bb9e1714c784.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको