Like us!
Follow us!
Connect us!
Watch us!

नेपालद्वारा थाइल्याण्ड पराजित, जितसँगै नेपाल समूहको शीर्ष स्थानमा

आइतबार, २१ असोज २०७५, १८ : १६ मा प्रकाशित

नेपालद्वारा थाइल्याण्ड पराजित, जितसँगै नेपाल समूहको शीर्ष स्थानमा

अर्थ संसार, काठमाडौँ–  मलेसियामा जारी आइसिसी टी –ट्वेन्टी विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा नेपाल थाइल्याण्डलाई पराजित गर्दै विजयी भएको छ ।

क्वालालम्पुरको वायुमास ओभल मैदानमा आज भएको खेलमा नेपालले थाइल्याण्डमाथि डिएल मेथडका आधारमा १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो । सो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ । खेल वर्षाले रोकिएपछि डिएल मेथडबाट नेपाललाई विजयी घोषणा गरिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १७३ रनको लक्ष्य दिएको थियो । जवाफमा थाइल्याण्ड ८.५ ओभरमा ९ विकेट गुमाएर १८ रनमा समेटियो । थाइल्याण्डका कुनै पनि खेलांडीले दोहोरो रन जोडन सकेनन् । वान्चना विइसक र जिअउल होकले सात सात रन मात्र बनाए ।

नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र ८ रन खर्चिए । त्यसै गरी करण केसीले ३ विकेट लिए । साढे एक ओभर बलिङ गरेका उनले मात्र २ रन दिए ।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । नेपालका लागि करण केसीले सर्वाधिक अविजित ४० रनको योगदान दिए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गरे । त्यस्तै शरद् भेषवाकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिलकुमार शाहले २५, विनोद भण्डारीले १५, आरिफ शेखले ८, उपकप्तान ज्ञानेन्द्र मल्लले ७, कप्तान पारस खड्काले ५ र सोमपाल कामीले ४ रन जोडे । थाइल्याण्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको