Like us!
Follow us!
Connect us!
Watch us!

सुबिसुको सेटअप बक्स सित्तैमा

शुक्रबार, १४ असोज २०७३, १३ : ०१ मा प्रकाशित

सुबिसुको सेटअप बक्स सित्तैमा

अर्थ संसार
काठमाडौं– टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले चाड दशैं तिहारको अवसर पारेर ग्राहकका लागि ‘दशैं तिहार योजना’ ल्याएको छ ।

योजना अन्तर्गत ग्राहकले ईन्टरनेट र क्लियर टिभि प्याकेजको खरिदमा निशुल्क सेटअप बक्स र वायरलेस केवल मोडेम पाउने छन् । यस अफर अन्तर्गत ग्राहकले क्लियर टिभी २ हजार ९ सय ९९, केबल इन्टरनेट ५ हजार ९ सय ९, केबल इन्टरनेट र क्लियर टिभी कम्बो ५ हजार ९ सय ९९, अनलिमिटेड केबल इन्टरनेट र क्लियर टिभी कम्बो ७ हजार ९ सय ९९ र एफटिटिएच इन्टरनेट र क्लियर टिभी कम्बो ९ हजार ९ सय ९९ रुपैयामा पाउने छन् ।

सुबिसु केवलनेटले केवल, डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएसभिपिएनएस, वान यान एथर्नेट, होलसेल आइपि ट्रान्जिट, एमभिपि, डाटा सेन्टर सोलुसनलगायतका सेवा प्रदान गर्दै आएको छ ।

५ असोज, ०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको