Like us!
Follow us!
Connect us!
Watch us!

एनसिसि बैंकको हकप्रदमा आवेदन दिनु भयो ? आज अन्तिम दिन

सोमबार, २२ असोज २०७५, ०९ : ०३ मा प्रकाशित

एनसिसि बैंकको हकप्रदमा आवेदन दिनु भयो ? आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं–  नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंकले निष्कासनमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने सोमवार (असोज २२) अन्तिम दिन रहेको छ ।

बैंकले भदौ ४ गतेदेखि २ बराबर १ ९२ः१० को अनुपातमा शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको हो ।

हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका साउन १५ गते बन्द गरेकाले साउन १४ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कहाँबाट आवेदन दिने ?

हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखामा आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको