Like us!
Follow us!
Connect us!
Watch us!

एनएमवि बैंक र कर्जा बजार बिच सम्झौता

सोमबार, २२ असोज २०७५, ११ : २९ मा प्रकाशित

एनएमवि बैंक र कर्जा बजार बिच सम्झौता

अर्थ संसार, काठमाडौं– एनएमवि बैंक र कर्जा बजार बिच सिम्झौता भएको छ । सम्झौतापछि  बैंकका इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

  ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सकिने बैंकले जनाएको छ ।  यो सुविधा एनएमबि भिषा क्रेडिट कार्डमा पनि उपलब्ध छ ।

इच्छुक महानुभावले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदी ) सम्बन्धी विभिन्न सुविधा जस्तै व्याजदर र कर्जाको अवधिको बारेमा  बजारमा उपलब्ध  कर्जा सुविधासंग तुलना गर्न सक्नेछन ।

सम्झौतामा एनएमबि बैंकका तर्फबाट गोविन्द घिमिरे, चिफ विजनेश अफिसर र कर्जा बजारका तर्फबाट युरोपमान श्रेष्ठ, डाइरेक्टर फोनिक्स क्यापिटल प्रा.लि. ले हस्ताक्षर गरेका थिए । कर्जा बजारसंगको सम्झौताले ग्राहकलाई रिटेल कर्जा प्रक्रिया सहज हुने बैंकको भनाई  छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको