Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरण र फेदी थुम्लुङ खोला आयोजनाबीच खरिद सम्झौता

सोमबार, २२ असोज २०७५, ११ : ३८ मा प्रकाशित

प्राधिकरण र फेदी थुम्लुङ खोला आयोजनाबीच खरिद सम्झौता

अर्थ संसार, काठमाडौ – नेपाल विद्युत् प्राधिकरण र फेदीखोला हाइड्रो पावर कम्पनीका बीचमा विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ ।नेपाल विद्युत् प्राधिकरणमा आयोजित एक कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र प्रवद्र्धक कम्पनीका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद बाँस्तोलाले विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको हो ।

भोजपुर जिल्लाको साल्पापसिलिचो गाउँपालिकामा आयोजनास्थल रहेको फेदी थुम्लुङ खोला जलविद्युत् सो आयोजनाको क्षमता ३.५२ मेगावाट रहेको छ ।आयोजनाको कूल लागत रु ६३ करोड रहेको छ ।

सो आजोजनाबाट उत्पादित विद्युत् माथिल्लो इर्खुवा खोला जलविद्युत् आयोजनाको स्वीचयार्डसम्म ३३ केभी प्रसारण लाइन र त्यसपछि १३२ केभी प्रसारण लाइनमार्फत सङ्खुवासभाको शीतलपाटीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने २२० केभी क्षमताको सवस्टेशनमा जोडिने छ ।

आयोजनाले विसं २०७९ फागुन ३० गतेदेखि व्यापारिक विद्युत् उत्पादन गर्नेछ । सम्झौताअनुसार वर्षामा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले विद्युत् खरिद गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको