अर्थ संसार, काठमाडौं– रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा गुरु प्रसाद न्यौपानेलाई नियुक्त गरिएको छ । सोमबार बसेका संचालकहरुको बैठकले गुरु प्रसाद न्यौपानेलाई नियुक्त गरेको हो ।
त्यसै गरी कम्पनीको कार्यकारी पदमा कुबेरमणि नेपाललाई र कम्पनीको सचिव पदमा आलोक के.सी लाई नियुत्त गरिएको छ । शनिबार इन्द्रेणी व्याङ्कवेट, नयाँ बानेश्वर काठमाडौंमा सम्पन्न १७ औँ वार्षिक साधारणसभाले ५ जना सञ्चालकहरु वच्छराज तातेड, गुरुप्रसाद न्यौपाने, कुवेरमणि नेपाल, रमेशप्रसाद न्यौपाने र साईका भण्डारी लाई मनोनयन गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस