Like us!
Follow us!
Connect us!
Watch us!

दशैंको अवसरमा गोलन्जोर गाउँपालीका फुटबल प्रतियोगीता हुने

बुधबार, २४ असोज २०७५, १० : ४४ मा प्रकाशित

दशैंको अवसरमा गोलन्जोर गाउँपालीका फुटबल प्रतियोगीता हुने

अर्थ संसार, सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँ पालीकामा दशैँ विशेष  फुटबल प्रतियोगीता हुने भएको छ ।नेपालीहरुको महान पर्व बढा दशैँको अवसर पारेर  गाउँ पालीका स्तरीय खुल्ला फुटबल प्रतियोगीता  हुने भएको गोलन्जोर गाउँ पालीकाले जनाएको छ ।    

 नेपालीहरुको महान पर्व बढा दशैँलाइ्र्र लक्षीत गरी भातृत्व कायम गराउने तथा शुभकामना आदान प्रदान समेत गर्ने उद्देश्यका साथ प्र्रतियोगीताको आयोजना गर्न लागीएको गोलन्जोर गाउँ पालीकाका सुचना अधिकारी तिर्थराज भण्डारीले अर्थ सन्सार सिन्धुलीलाई जानकारी दिनु भयो ।

भण्डारीका अनुसार प्रतियोगीतामा सहभागीता जनाउन चाहने क्लबहरुले  टिम दर्ता शुल्क रु २ हजार   सहित असोज २४ गते कार्यलय समयमा गोलन्जोर गाउँँ पालीकाको कार्यलय ग्वाल्टारमा सम्पर्क गर्नु पर्ने छ । भने प्रतियोगीता असोज २८,२९ र ३० गते  गोलन्जोर ७ खुर्कोटको खेल मैदानमा हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको