Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन ऊर्जाको ९ लाख ९० हजार कित्ता आइपिओ आउँदै

बुधबार, २४ असोज २०७५, १० : ५६ मा प्रकाशित

हिमालयन ऊर्जाको ९ लाख ९० हजार कित्ता आइपिओ आउँदै

अर्थ संसार, काठमाडौं– हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले  ९ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित रामेछापको गोकूल गंगा गाँउपालिकाका २, ३, ४ र ५ वडा  र दोलखाको जिरी नगरपालिका ३, तामाकोशी गाँउपालिकाको ५ र ६ तथा मन्थली नगरपालिका १३ का बासिन्दालाई शेयर बिक्री गर्न लागेको हो ।

स्थानीय प्रभावितलाई अति प्रभावित र कम प्रभावितका रुपमा छुट्याएर क्रमशः ६ण् र ४० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो ।

रु एक सय अंकित मूल्यका ती शेयरको बिक्री तथा बाँडफाँडपछि आम सर्वसाधारणलाई शेयर बिक्री गरिने आयोजनाले जनाएको छ । कम्पनीको शेयर आगामी कात्तिक ६ गतेदेखि खुल्नेछ भने बिक्री बन्द भने मंसिर पाँचगते हुनेछ ।

न्यूनतम ५० कित्ता र अधिकत्तम ४ हजार ९०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनलिे १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र ७ मेगावाट क्षमताको माथिल्लो खिम्ती दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी चैत १ गतेदेखि व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार माथिल्लो खिम्तीको लागत रु १  अर्ब ९१ करोड ४१ लाख १४ हजार रहेको छ भने माथिल्लो खिम्ती दोस्रोको लागत रु एक अर्ब २३ करोड २२ लाख ६० हजार रहेको छ ।

यो पनि पढ्नुहोस्

रिडी हाइड्रोपावरको सञ्चालक समितिको अध्यक्षमा गुरु प्रसाद न्यौपने 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको