Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल–चीन एक्पो (अर्थ संसार कभरेज)

बुधबार, २४ असोज २०७५, १२ : ०७ मा प्रकाशित

नेपाल–चीन एक्पो  (अर्थ संसार कभरेज)

अर्थ संसार, काठमाडौ –  अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धक समाजले आयोजना गरेको  ‘नेपाल–चीन एक्स्पो २०१८’ सम्पन्न भएको छ ।

यही असोज १९ गतेदेखि २३ गतेसम्म ललितपुरमा  भएको एक्पोमा नेपाली हस्तकलासँगै चीनमा उत्पादित कपडा, जुत्ता, बालबालिकाका लागि ज्ञानवद्र्धक,मनोरञ्जनात्मक सामग्री, दैनिक अत्यावश्यक उपकरण, हार्डवयरलगायतका साम्रगी प्रदर्शनी र बिक्री गरिएको थियो ।

चीन र नेपालबीचका सांस्कृतिक र व्यावसायिक सम्बन्ध विकास गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको ललितपुर उद्योग वाणिज्य संघका महासचिव सुरेशमान महर्जनले जानकारी दिनुभयो ।

महासचिव महर्जनका अनुसार पाटन दरबार स्क्वायरमा हुने मेलामा चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अन्तर्गत नेपाललाई पर्यटन, कृषि, ऊर्जा, उद्योग र पूर्वाधार विकासमा समेत लाभ पुगेको छ ।एक्स्पोले नेपालमा उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय बजारीकरण र प्रवद्र्धनसँगै अर्थतन्त्रमा टेवा पुगेको आयोजकले जनाएको छ ।

5bbda7714c52d.jpg 5bbda771cd2f4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको