Like us!
Follow us!
Connect us!
Watch us!

भैरवकुण्ड हाइड्रोपावरले ३१ करोड बराबरको आइपिओ बिक्री गर्ने

बुधबार, २४ असोज २०७५, १५ : १३ मा प्रकाशित

भैरवकुण्ड हाइड्रोपावरले ३१ करोड बराबरको आइपिओ बिक्री गर्ने

अर्थ संसार, काठमाडौँ– भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले रु ३१ करोड ८३ लाख २८ हजार बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ ।

सिन्धुपाल्चोकको लार्चामा सञ्चालित तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजनाले पहिलो चरणमा रु ६ करोड ५० लाख बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो । स्थानीय प्रभावितलाई शेयर बिक्री गरेपछि आम सर्वधारणलाई बिक्री गर्न लागिएको हो ।

शेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आईएमई. क्यापिटललाई नियुक्ति गरिएको छ । कम्पनीको वार्षिक विद्युत बिक्री वापतको आम्दानी रु ९ करोड ७० लाख रहको छ ।

कम्पनीले २०६५ मा नेपाल विद्युत प्राधिकरण सँग पहिलो पटक १८५० किलोवाट र २०६६ मा दोस्रो पटक ११५० किलोवाटवको लागि पीपीए गरी उत्पादन लाइसेन्स लिएको हो ।

यो पनि पढ्नुहोस्

जलविद्युत् आयोजना निर्माणमा निजी क्षेत्र आक्रामक : १ अर्ब ५० करोडमा रुदी ‘ए’ को निर्माण सम्पन्न 

हिमालयन ऊर्जाको ९ लाख ९० हजार कित्ता आइपिओ आउँदै 

रिडी हाइड्रोपावरको सञ्चालक समितिको अध्यक्षमा गुरु प्रसाद न्यौपने

भैरवकुण्ड हाइड्रोपावरले ३१ करोड बराबरको आइपिओ बिक्री गर्ने

नेपाल–चीन एक्पो (अर्थ संसार कभरेज) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको