Like us!
Follow us!
Connect us!
Watch us!

विराट ट्रेड एक्स्पोमा रु २५ करोडको कारोबार हुने

विहीबार, २५ असोज २०७५, ०९ : २४ मा प्रकाशित

विराट ट्रेड एक्स्पोमा रु २५ करोडको कारोबार हुने

अर्थ संसार, विराटनगर– मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो–२०७५’ मा रु २५ करोड कारोवार हुने बताइएको छ ।

सङ्घद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी पुस ६ देखि १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा भारत, श्रीलङ्का र स्वेदशका गरी २७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष सञ्चालन हुँदै आएको एक्स्पोमा स्वदेशी तथा विदेशी राष्ट्रको लगानीकर्ता र उत्पादक, वितरक र निर्यातलाई एकै ठाउँमा राखी प्रत्यक्ष रूपमा अवलोकन गराउने उद्देश्यले एक्स्पोको आयोजना गरिएको उहाँले बताउनुभयो ।

एक्स्पोमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडीबुटी, पर्यटन तथा दैनिक उपभोग्य वस्तु सम्बन्धी स्टल रहनेछ ।

त्यस्तै मनोरञ्जनका लागि दैनिक रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । एक्स्पो आयोजनास्थल निर्माणका लागि रु एक करोड २० लाख खर्च हुने अनुमान गरिएको छ । मेलाको व्यवस्थापनका लागि विभिन्न १२ वटा उपसमितिसमेत गठन गरेको सङ्घले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको