Like us!
Follow us!
Connect us!
Watch us!

फोर्डद्धारा एकै दिनमा १०० वटा गाडी हस्तान्तरण

विहीबार, २५ असोज २०७५, ०९ : ४२ मा प्रकाशित

फोर्डद्धारा एकै दिनमा १०० वटा गाडी हस्तान्तरण

अर्थ  संसार, काठमाडौं– गो फोर्डले  आफ्ना ग्राहकवर्गको माग उच्च तवरले पूरा गर्न एकै दिनमा बुधबार  १०० वटा नयाँ गाडीहरु आफ्ना ग्राहकवर्गहरुलाई हस्तान्तरण गरेको छ ।

आफ्ना ग्राहकहरुले यो चाडपर्व फोर्डको नयाँ गाडीसँग मनाउन पाओस् भन्ने उद्देश्यले एकै दिनमा १०० वटा नयाँ गाडीहरु हस्तान्तरण गरेको हो ।

बजारमा फोर्ड गाडीको उच्च माग छ र आज घटस्थापनाको शुभ दिनमा हामीले नेपालभरीका  आफ्ना डिस्ट्रिव्यूटर्सहरुको माध्यमबाट १०० वटा गाडीहरुको हस्तान्तरण गरेका छौ, जसमध्ये १० वटा विराटनगर, ४ वटा पोखरा, ३ वटा नारायणघाट, ६ वटा वुटवल, १५ वटा नेपालगंज, ३ वटा धनगढी, ८ वटा विर्तामोड, १ वटा दांग, २ वटा बनेपा, ३ वटा जनकपुर, ४ वटा भैरहवा, १० वटा वीरगंज र ३१ वटा काठमाडौमा हस्तातरण गरिएको छ ।

ग्राहकहरुले फोर्ड गाडीको खरिदमा फोर्ड फेस्टिभ अफर मार्फत उपहारहरु पनि पाएका छन् । यस अफरमा  ग्राहकवर्गले फोर्ड गाडीको खरिदमा विशेष नगद छुटको साथै रु. ५०,००० देखि रु. २,५०,००० बराबरको पक्का उपहार पाउने छन् । साथै बम्पर लक्की ड्र मार्फत ५ भाग्यशाली जोडीले स्वीट्जरल्याण्ड मा ४ रात ५ दिनको टूर प्याकेज जित्ने अवसर पनि पाउने छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको