Like us!
Follow us!
Connect us!
Watch us!

तपाईको गाडी चढ्ने रहर पुरा गर्दै राष्ट्रिय वाणिज्य बैंक, ९ % ब्याजमा गाडी कर्जा

विहीबार, २५ असोज २०७५, ०९ : ५५ मा प्रकाशित

तपाईको गाडी चढ्ने रहर पुरा गर्दै  राष्ट्रिय वाणिज्य बैंक, ९ % ब्याजमा गाडी कर्जा

अर्थ संसार, काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजनाअन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनका लागि नयाँ गाडी कर्जा दिन सुरु गरेको छ ।

बैंकले गाडीको कोटेसनमा अंकित मूल्यको बढीमा ६५ प्रतिशत वा ५० लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकम कर्जा लगानी गर्ने योजना ल्याएको हो ।

कर्जा अवधि ५ वर्षसम्म भएमा ९ प्रतिशत र ५ वर्षभन्दा बढी भएमा ९।५ प्रतिशत ब्याजदर लागू हुने जनाइएको छ । बढीमा ७ वर्षसम्म कर्जा अवधि रहने यो योजना २०७५ कात्तिक मसान्तसम्म मात्र लागू हुने र निवेदन दिएको ७ कार्य दिनभित्र निर्णय दिने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको