Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्पपछि धमाधमा पुन : निर्माण हुँदै पाटन दरबार क्षेत्र (अर्थ संसार कभरेज)

शुक्रबार, २६ असोज २०७५, ०५ : १५ मा प्रकाशित

भूकम्पपछि धमाधमा पुन : निर्माण हुँदै पाटन दरबार क्षेत्र (अर्थ संसार कभरेज)

अर्थ संसार, काठमाडौं– २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पले भत्किएका पाटन दरबार क्षेत्रका सम्पदाहरु यतिखेर धमाधम पुन : निर्माण भैरहेको छन् ।

कतिपय सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेको छ भने कतिपय धमाधाम निर्माणको चरणमा छ । पाटन दरबार क्षेत्रको ऐतिहासिक सुन्दरीचोक भवनको पूर्वी भाग र मूलचोकको भवन निर्माण सकिएको छ । भूकम्पले यी दुबै चोकमा रहेका भवन भत्काएको थियो । 

त्यसै गरी भूकम्पबाट पाटन संह्लायभित्र पर्ने चारनारायण, हरिशंकर मन्दिर र मणिमण्डप पाटी पूर्ण रुपमा क्षति तथा विश्वनाथ, भीमसेन र ज्यासीदेग मन्दिरमा आंशिक रुपमा क्षति पुगेको छ  ।विश्व सम्पदा सुचिकृत पाटन दरबार नेपालको पर्यटकको आकर्षण केन्द्र स्थल हो । पाटन दरबारमा दैनिक सयौ पर्यटकहरु यहाँका कलात्मक मन्दिरहरु हेर्न आउने गर्दछन् ।

भूकम्पले भत्किएका मठ मन्दिर  पुरानैस्वरुपमा देखिने तर पहिलेभन्दा बलियो ढंगले पुनःनिर्माण गरिएको निर्माणको जिम्मा लिएको काठमाडौं उपत्यका संरक्षण कोषका निर्देशक एवं वास्तुविद् रोहित रञ्जितकारले जानकारी दिए ।

5bbf067a1c056.jpg 5bbf067a91c61.jpg 5bbf067b47e2f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको