Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बढ्यो, कारोबार रकम घट्यो

विहीबार, २५ असोज २०७५, १७ : २९ मा प्रकाशित

नेप्सेमा बढ्यो, कारोबार रकम घट्यो

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा बिहीबार शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३६ बिन्दुले बढेर २६१ दशमलब ४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन ।

कूल १६५ कम्पनीको आठ ६२ हजार ३६८ कित्ता शेयर रु २५ करोड २२ लाख ९१ हजार ५४० मूल्य बराबरको शेयर कारोवार भएको छ । आज कूल दश उपसमूहको शेयर कारोवार भएकोमा दुई उपसमूहको शेयर कारोवारमा भने घटेको छ ।

होटल ३५ दशमलब ३८ र उत्पादन समूह १२ दशमलब ४३ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १२ दशमलब २७, विकास बैंक ११ दशमलब ८८, जलविद्युत् १ दशमलब ९४, वित्त ५ दशमलब ७२, निर्जीवन बीमा ४९ दशमलब ४३, अन्य ५ दशमलब ३२, माइक्रोफाइनान्स ९ दशमलब ६ र जीवन बीमा ७ दशमलब ७७ बिन्दुले बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको