Like us!
Follow us!
Connect us!
Watch us!

ताम्राकार कम्प्लेक्समा मोबाइल किन्नेको थामिनसक्नु भीड (अर्थ संसार कभरेज)

विहीबार, २५ असोज २०७५, १९ : ४२ मा प्रकाशित

ताम्राकार कम्प्लेक्समा मोबाइल किन्नेको थामिनसक्नु भीड  (अर्थ संसार कभरेज)

अर्थ संसार, काठमाडौं– काठमाडौंको मुख्य व्यापारीक केन्द्र पाको न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर आयोजना गरिरहेको दशैं मोबाइल मेलामा ग्राहकहरुको अपार भीड देखिएको छ ।

दशैंको अवसरमा मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा संचालन भईरहेको दशैं मोबाइल मेला यहि २०७५ असोज २३ गतेदेखि २०७५ असोज ३१ गतेसम्म संचालन हुनेछ ।

मोबाइल फोनमा पाएको अधिक छुट र विभिन्न कम्पनीहरुको उपहार योजनाले गर्दा ताम्राकार कम्प्लेक्समा ग्राहकहरुको भीड देखिएको हो ।हरेक मोबाइलमा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट पाईने हुँदा ग्राहकहरु मोबाइल किन्न ताम्राकार नै आउने गरेको मोबाइल व्यवसायी संघका सचिव गूरुदत्त शर्माले बताए ।

‘हामीले ग्राहकहरुलाई बढि भन्दा बढि छुट र सेवा दिईरहेका छौं’ ग्राहकहरु पनि निकै खुशी भएका छन्, उनले भने ।उनले कम्प्लेक्समा यसपटक मोबाइल खरिदमा एउटा इनर्जी ड्रिंक सित्तैमा दिएकोा हुँदा ग्राहकहरुले नौलो अनुभव गरेको जानकारी दिए ।दशैं मोबाइल मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्नसक्नेछन् ।

त्यसैगरि ताम्रकार कम्प्लेक्समा आउने ग्राहकहरुले बजारमा नयाँ आएका स्मार्टफोनहरु खोज्ने गरेको सोहि स्थानमा व्यवसाय गर्दै आएका मोबाइल व्यवसायी संघका कोषाध्यक्ष अनिल ढकालले बताए ।ताम्राकार मोबाइल बजारको मूख्य केन्द्र भएको हुँदा यहाँ नेपालमा लन्च भएका सबै किसिमका ुस्मार्टफोनहरु सबैभन्दा पहिले उपलब्ध हुने हुँदा ग्राहकहरु सोधेरै आउने गरेका छन् ’ कोषाध्यक्ष ढकालले भने ।

ताम्राकार कम्प्लेक्समा नेपालमा लन्च भएका सबै ब्राण्डका  र सबै मोडलका स्मार्टफोनहरु र फीचर फोनहरु उपलब्ध हुने गरेको छ । यहाँ न्यूनतम रु १,०००र– देखि रु १,५०,०००र– सम्मका मोबाइल फोनहरु उपलब्ध छन् । त्यस्तै ग्राहकहरुको लागि विभिन्न कम्पनीहरुको सर्भिस सेन्टर संचालनमा छन् ।

कम्प्लेक्समा ग्राहकहरुका लागि आफूसँग भएको पुरानो मोबाइल साटेर नयाँ मोबाइल किन्ने एक्सचेन्जको सुविधा उपलब्ध छ । ताम्राकार कम्प्लेक्समा नै रु१ मा स्मार्टफोन दिने सेवा पनि उपलब्ध रहेको छ, जहाँ ग्राहकले मासिक किस्ताबन्दीमा स्मार्टफोन किन्न सक्दछन् ।

दशैं मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड समेत निशुल्क प्राप्त गर्नेछन् । निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रकृयाहरु ग्राहकहरुले पुरा गर्नुपर्ने हुन्छ ।

यसका साथै हरेक कम्पनीहरुले आफ्नो प्रबद्र्धनमा राखेको स्क्रीमहरु पनि ग्राहकहरुले साथमा नै प्राप्त गर्नसक्नेछन् ।यस दशैं मोबाइल मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा समेत गर्ने घोषणा गरेको छ ।

दशैं मोबाइल मेलाको अवधिभर ताम्राकार कम्प्लेक्सबाट बिक्री हुने प्रत्येक मोबाइलबाट रु २०र– संकलन गरेर चर्चित मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको कालिकोट जिल्लाको अस्पताललाई उपलब्ध गराउने छ । यस्तो रकम रवि लामिछानेलाई मेला सकिएपछि हस्तान्तरण गरिनेछ ।

कम्प्लेक्समा सामसंग, ह्वावे, एप्पल, भीभो, जिओनी, शाओमी, ओप्पो, माइक्रोम्याक्स,सोनी, वानप्लस, लाभा, लेनोभो, मोटोरोला, कलर्सलगायतका ब्राण्डका स्मार्टफोन तथा फिचर फोनहरु उपलब्ध छन् ।नेपालकै सबैभन्दा चर्चित ताम्राकार कम्प्लेक्समा भ्रमण गरि दशैं मोबाइल मेलाको अवसरमा मोबाइल खरिद गरि मौकाको फाईदा उठाउन हुन हार्दिक अनुरोध गर्दछौं ।

5bc0243e91596.jpg 5bc024406b905.jpg 5bc024435fcfe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको