Like us!
Follow us!
Connect us!
Watch us!

सन्राइज बैंकद्वारा थप दुई शाखा विस्तार

शुक्रबार, २६ असोज २०७५, १७ : ३५ मा प्रकाशित

सन्राइज बैंकद्वारा थप दुई शाखा विस्तार

अर्थ संसार, काठमाडौंँ– सन्राइज बैंक लिमिटेडले ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले बझाङको चैनपुर र जुम्लामा शाखा विस्तार गरेको छ ।

शुक्रबार आयोजित छुटाछुटै  औपचारिक  कार्यक्रमबीच चैनपुर र जुम्ला शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ । योसमेत गरी बैंकको शाखा सङ्ख्या ९७ पुगेको छ ।

बैंकले नेपालभर ११० एटिएम, चार एक्सटेन्सन काउन्टर तथा विभिन्न स्थानमा २४ शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यसैगरी सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको