अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्सचेञ्जले विहिबार विभिन्न तीन कम्पनीको २६ लाख ९२ हजार कित्ता बोनस र हकप्रद सेयर सूचिकृत गरेको छ । नेप्सेका अनुसार पूर्णिमा विकास बैंक, गुडविल फाईनाइन्स र अरुणभ्याली हाईड्रोपावरको बोनसका साथै हकप्रद सेयर सुचिकृत भएको हो ।
अरुण भ्याली हाईडोपावरको ७ लाख ७६ हजार ९० कित्ता बोनस, गुडविल फाईनाइन्सको ९ लाख ७ हजार ५ सय कित्ता बोनस र पूर्णिमा विकास बैंकको १० लाख ८ हजार ५ सय ४३ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस