Like us!
Follow us!
Connect us!
Watch us!

दशैंमा स्वास्थ्यकर मासु यसरी खानुहोस्

सोमबार, २९ असोज २०७५, ०७ : ४७ मा प्रकाशित

दशैंमा स्वास्थ्यकर मासु यसरी खानुहोस्

दसैँमा चिल्लो पदार्थयुक्त मासुजन्य खाद्यपदार्थका परिकार अत्यधिक मात्रामा सेवन गर्ने चलन छ । मासुजन्य परिकारमा पानीको मात्रा न्यूनतम र चिल्लो पदार्थ अधिक हुन्छ ।

जसले गर्दा हाम्रो शरीरमा असन्तुलन पैदा हुन्छ । यस समयमा धेरै परिकारका खाना पकाएर भण्डारण गर्ने पनि चलन छ । खानेकुरालाई उपभोग्य, स्वच्छ र स्वस्थ बनाउन सही भण्डारण तापक्रम र तरिका पनि अत्यन्त आवश्यक पर्छ । त्यसैले दसैँमा यी कुरामा ध्यान दिन जरुरी छ :

  • दसैँमा खानेकुरामा ध्यान नदिँदा फुड पोइजन हुन सक्ने सम्भावना हुन्छ । विशेषगरी,दूध तथा दुग्धजन्य पदार्थ, माछा, मासु र अन्डा अत्यन्त संवेदनशील खाद्यपदार्थ हुन् । त्यसकारण खाद्यपदार्थ भण्डारणमा विशेष ध्यान दिन आवश्यक देखिन्छ ।

  • मासुजन्य परिकारमा आइरन, प्रोटिन, एमिनो एसिड, भिटामिन बी–१२ राम्रो मात्रामा पाइन्छ । यो सँगसँगै विषादी, हर्मोनको अवशेष पनि नजानी खाइरहेका हुन्छौँ ।

  •  मासु र मासुजन्य परिकार उपभोगका कारण मुटुको रोग, मोटोपन, वजनवृद्धि, उच्च रक्तचाप, मधुमेह, क्यान्सर आदि रोग लाग्ने सम्भावना अधिक हुन्छ । दसैँमा जिम, एरोबिक्स र अन्यव्यायाम गर्न त्यति अनुकूलहुँदैन र यी ठाउँ बन्द भएको अवस्था पनि हुनसक्छ । त्यसैले यसतर्फ ध्यान पुर्याउन जरुरी छ ।

  • सेतो र रातो मासुमा रोगका जीवाणु र रासायनिक मलको अवशेष हुन्छ । जसले गर्दा शरीर कमजोर हुने, टाउको दुख्ने, धेरै पसिना आउने, नाडीको गति कम हुने, छिटोछिटो श्वास–प्रश्वास हुने आदि र दीर्घकालीन रूपमा क्यान्सरजन्य, मिर्गौला,कलेजो, वंशाणु जिनहरूमा असर, जन्मने शिशुको अंगभंग र रोग प्रतिरोधक क्षमतामा असर गर्छ ।

  • मासु नखाई प्रोटिन कहाँबाट पाउने भन्ने गरिन्छ । प्रोटिन वा सम्पूर्ण पोषण वनस्पतिजन्य विभिन्न रिकारका तरकारी, फलफूल, गेडागुडी आदि उपजबाट प्राप्त गर्न सकिन्छ । पशुपक्षीले पनि वनस्पति नै खान्छन् र वनस्पतिबाटै प्रोटिन,भिटामिन र अन्य पोषण प्राप्त हुन्छ ।

  •  मदिराको अत्यधिक प्रयोगले कलेजो, मिर्गौला तथा शरीरका अन्य अंगलाई लामो समयसम्म असर गर्छ । साथै, कुनै अन्य रोग विद्यमान छ भने यस्तो अवस्थामा झन् रोग बल्झिने सम्भावना हुन्छ ।

  • हरियो साग, तरकारी र फलफूल सफा र स्वस्थ पानीमा पखालेर खानुपर्छ । तेल, घ्यू र मसलाको कम प्रयोग गर्नुपर्छ । सूक्ष्म जीवाणु नष्ट हुने गरी पकाएर मात्र खानुपर्छ ।

  • दूध तथा दुग्धपदार्थलाई ४ डिग्री सेल्सियसमा चिसो बनाई भण्डारण गर्नुपर्छ । काँचो मासुलाई माइनस २० देखि ३० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्छ । नयाँपत्रिकाबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको