Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको वार्षिकोत्सव : शेयरधनीलाई ८.४०% लाभांश, हाम्रो विकास बैंकलाई एक्विजिशन गर्ने

सोमबार, २९ असोज २०७५, १९ : १४ मा प्रकाशित

ज्योति विकास बैंकको वार्षिकोत्सव :  शेयरधनीलाई ८.४०% लाभांश,  हाम्रो विकास बैंकलाई एक्विजिशन गर्ने

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंकले मंगलबार मानक्साल ब्याङ्केट, नक्साल, काठमाण्डौमा एघारौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सभाको अध्यक्षता ग्रहण गर्नु भई संचालक समितिको तर्फबाट सभा समक्ष प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

ज्योति विकास बैंकका शेयरधनीहरुलाई चुक्तापूँजीकोे ८.४० % का दरले हुुने रु.२१,८०,६२,७५३। – (अक्षरुपीएक्काइस करोड असी लाख बैसठ्ठी हजार सात सय त्रिपन्न रुपैंया मात्र) नगद लाभांश वितरण गर्न स्वीकृत गरेको छ । प्रस्तुत भएको प्रतिवेदन उपर विभिन्न शेयर धनीहरुले टिप्पणी गर्नु भएकोमा अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले उत्तर दिनु भएप श्चात सभाबाट प्रतिवेदन पारीत भएको थियो ।

एघारौं वार्षिक साधारणसभाबाट ज्योति विकास बैंकले नुवाकोट जिल्लाको विदुर नगरपालिकाकमा केन्द्रिय कार्यालय रहेको एक जिल्लाकार्य क्षेत्र भएको हाम्रो विकास बैैंकलाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गरेको छ । साथै प्राप्तिपश्चात यस विकास बैंकको चुक्तापूँजी रु. ३ अरब १० करोडपुग्नेछ ।

बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि (Corporate Image) बजारमा स्थापना गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, स्मार्ट मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवा, ,ABBS सेवाका साथै IPS सेवासमेत उपलब्ध गराएको छ ।

हालबैंकले आफ्ना ७२ वटा शाखाहरु एवं २२ वटा एटिएम मार्फत सेवाउपलव्ध गराउँदै आएको छ । चालु आ.व.माबैंकले करिब १ लाख ५०हजार खाताबाट १९अर्व ५४ करोड निक्षेप संकलनगर्न र १० हजार भन्दा बढि ऋणी मार्फत १६अर्व १० करोड ऋण लगानी गर्न सफल भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको