Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइन कारोबार कहिलेदेखि ?

विहीबार, २१ पुस २०७३, १७ : १७ मा प्रकाशित

अनलाइन कारोबार कहिलेदेखि ?

नवराज घिमिरे

अमेरिकालगायत दुनियाभरका धेरै सेयर बजारका लगानीकर्ताले विश्वको जुनसुकै ठाउँमा बसेर अनलाइनबाट सेयर किनवेच गर्न सक्छन । विडम्वना नेपाल मात्र यस्तो देश हो, जहाँ सेयर किनवेच गर्न २०५० माघयता व्रोकरकै कार्यालय धाउनु पर्ने वाध्यता छ ।

कोदो पनि रोपेपछि मात्र फल्छ । धान पनि फलाउन रोप्नै पर्छ । पैसा पनि रोपेपछि फल्छ । धान र कोदो खेतबारीमा फल्छ भने पैसा फल्न सेयर बजारमा रोप्नुपर्छ । सेयर हुनु भनेको कम्पनीको मालिक हुनु हो । कम्पनीले कमाएपछि सेयर होल्डरलाई नै बाड्ने हो । आजको भोलि नै कमाउन खोज्नेका लागि सेयर बजार उपयुक्त ठाउँ होइन । जो आजको भोलि कमाउन सेयर वजारमा प्रवेश गर्छन, तिनैले घाटा खान्छन । अनि सेयर वजारलाई ‘जुवा घर’ भन्न पनि पछि पर्दैनन् ।

विश्वभरिकै सेयर वजारको प्रकृति उस्तै हो । फरक भनेको प्रविधिको प्रयोगमा हो । हाम्रो देशमा पनि अनलाइन ट्रेडिङ हुने हो भने दार्चुलादेखि ताप्लेजुडसम्म जहाँ सुकैवाट पनि सेयर किनवेच गर्न सकिन्थ्यो । 

सेयर बजारमा सूचिकृत कम्पनीले लगानीकर्तालाई कमाएको लाभांंश बाँडछन् । कम्पनीको आम्दानी देशको अर्थ व्यवस्थामा आधारित हुन्छ । देशको अर्थ व्यवस्था मजवुत हुँदै गएमा कम्पनीको आम्दानी पनि बढ्छ । कम्पनीको आम्दानी बढ्नु भनेको लगानीकर्ताको लाभांश बढ्नु हो । यसले बजारमा सेयरको मूल्यसमेत बढाउँछ । त्यसैले छिटो अनलाइन कारोबार गर्ने ब्यवस्था मिलाउन नेपाल स्टक एक्स्चेन्जको ध्यान जानु आवश्यक छ । 

यो पनि पढ्नु भयो ? 

सिभिल बैंकमा ७७ जनालाई रोजगारीको अवसर

नेप्सेमा पूर्णिमा गुडविल र अरुणभ्यालीको २७ लाख कित्ता सेयर सूचिकृत

बजार घट्दा १० प्रतिशतले कमाउने कम्पनी कुनकुन ?

अहिलेसम्म ११९ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

सुबिसु १७ औं वर्षमा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवाली बर्खास्त

बिग सेलमा उपभोक्ताको भिड

को हो गरिब ?

स्वावलम्बन बैंकको ५३.६८ प्रतिशत लाभांश पारित

राजस्व चुहावट नियन्त्रणमा अपेक्षित सफलता भएनः अर्थमन्त्री महरा

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम विदाइ (फोटो फिचर)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको